३ वटा वडाका पशुपालकलाइ भकारो सुधारका लागि अनुदान दिदैं मेरिङ्देन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,१८ बैशाख । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले ३ वटा वडाका पशुपालकलाइ भकारो सुधार कार्यक्रमका लागि अनुदान उपलब्ध गराउने भएको छ । वडा नं १ थिङ्लाबु,वडा नं ४ लिङ्तेप र वडा नं ६ नाल्बुका पशुपालकलाइ भकारो सुधार कार्यक्रममार्फत अनुदान उपलब्ध गराउन लागिएको गाउँपालिकाको कृषि विकास उपशाखाका नायव प्राविधिक सहायक रमेशकुमार राइले जानकारी दिनुभयो । भकारो सुधार कार्यक्रमको अनुदान पाउन सम्वन्धित वडाका कृषक समूह,कृषि सहकारी र कृषि फर्महरुले गाउँपालिकाको आर्थिक विकास शाखामा आबेदन दिनुपर्ने समेत राइले जानकारी दिए । वडा नं १,४ र ७ का कृषि सहकारी,कृषि फर्म तथा कृषक समूहहरुले २० बैशाख सम्ममा समूह÷सहकारी÷फर्मको दर्ता प्रमाणपत्रको प्रतिलिपि,सम्वन्धित वडाको सिफारिस,पान नम्बर र भ्याट नम्बर,आर्थिक बर्ष २०७६।०७७ को कर चुक्त्ता प्रमाणपत्र र समूह÷सहकारी÷फर्मको निर्णय प्रतिका साथ १० रुपैंयाको टिकट टाँसी गाउँपालिकामा आबेदन दिनुपर्ने समेत नायव प्राविधिक सहायक राइले जानकारी दिनुभयो । ६ वटा वडा रहेको गाउँपालिकाले वडा नं २ सान्थाक्रा,वडा नं ३ खाम्लुङ र वडा नं ५ थुकिमा बाहेक बाँकी ३ वटा वडामा पशुपालकलाइ भकारो सुधार कार्यक्रमका लागि अनुदान दिन लागेको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts