| |

बुधबार चार हजार ८९७ जनमा संक्रमण पुष्टि, ताप्लेजुङका ११ जना संक्रमित

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौं, बैशाख १५ ।
बुधबार अर्थात पछिल्लो २४ घण्टामा चार हजार ४ ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उक्त संख्यामध्ये ताप्लेजुङका ११ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८७९ पीसीआर परीक्षणमा चार ७७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी चार हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै कोरोना संक्रमणबाट बुधबार थप १७ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्‍यु हुनेको संख्या तीन हजार २११ पुगेको छ । योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार २९० पुगेको छ । जसमध्ये दुई हजार ३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेका छन् ।
सबैभन्दा बढी काठमाडौँ उपत्यकामा २ हजार ४७ जानमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका १४६४ जना, भक्तपुरका २३२ जना र ललितपुरका ३५१ जना रहेका छन् ।
यस्तै रुपन्देहीमा ४३४ जना, बाँकेमा ३२८ जना, कैलालीमा १९४ जना, कास्कीमा १८२ जना, दाङमा १८० जना, चितवनमा १४७ जना, सुर्खेतमा १३२ जना, मोरङमा १२८ जना र पर्सामा १२३ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै गोरखामा ६१ जना, धनुषामा ५३ जना, काभ्रेपलाञ्‍चोकमा ५० जना, सुनसरीमा ४९ जना, कपिलवस्तुमा ४७ जना, बारामा ४१ जना र झापामा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी नवलपरासी पश्‍चिम, पाल्पा, बर्दियामा २८-२८ जना, नुवाकोटमा २५ जना, कञ्‍चनपुरमा २ जना, रौतहट र सप्तरीमा २३-२३ जना, धादिङ र बैतडीमा २२-२२ जना, लम्जुङ र स्याङ्जामा २१-२१ जना, अर्घाखाँचीमा २० जना, नवलपरासी पूर्व र गुल्मीमा १८-१८ जना, महोत्तरी, सिरहा र सिन्धुपाल्चोकमा १७र१७ जना, तनहुँमा १५जना, ताप्लेजुङ र म्‍याग्दीमा १३ जना, डडेल्धुरामा १२ जना, पर्वतमा ११ जना र सर्लाहीमा १० जना कोरोना संक्रमित भेटिएका छन् ।
यस्तै रोल्पामा ९ जना, रामेछाप, सिन्धुली, प्‍युठान, जाजरकोट र जुम्ला ८-८ जना, दोलखामा ६ जना, रुकुम पुर्व, कालिकोट, दैलेख र सल्यानमा ५-५ जना, मकवानपुरमा ४ जना, इलाम, भोजपुर र रुकुम पश्‍चिममा ३-३ जना, उदयपुर, खोटाङ, मुगु, अछाम, डोटी र बागलुङमा २-२ जना र ओखलढुंगा, धनकुटा, रसुवा, मुस्ताङ, लम्जुङ, डोल्पा, दार्चुला र बाजुराका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै ९ वर्ष मुनिका ९९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष मुनिका ३१७ बालबालिका कोरोना संक्रमित भेटिएका हुन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts