|

फुङ्लिङ नगरपालिकाद्वारा अपाङ्गलाई मुढा बनाउने तालिम प्रदान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १३ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले अशक्त तथा फरक क्षमता भएकालाई मुढा बनाउने तालिम प्रदान गरेको छ । आत्मनिर्भर बन्नमा सहयोग पुगोस् भन्ने उद्देश्य राखेर नगरपालिकाले उनीहरुलाई मढा बनाउनेसम्बन्धी तालिम प्रदान गरेको हो ।
फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईका अनुसार नगरस्तरीय अपाङ्ग सीप तथा क्षमता विकास कार्यक्रमअन्तर्गत ‘ग’ वर्गका अशक्त तथा फरक क्षमता भएकालाई तालिम प्रदान गरिएको छ । मुढा बनाउनेसम्बन्धी १५ दिने तालिम आइतबार सम्पन्न गरिएको उपप्रमुख भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाका ११ वटै वडाका एक जनाका दरले ११ जनाले तालिममा सहभागिता जनाएका थिए ।
यता तालिममा सहभागी सबैले मुढा बनाउन सक्नेगरी सीप हासिल गरेका छन् । आफू आत्मनिर्भर बन्न सकुन् र प्रशिक्षक बनेर गाउँमा अरुलाई पनि सीप सिकाउन् भन्ने उद्देश्यलेसमेत मुढा बनाउने तालिममा प्रत्येक वडाबाट एकजनाका दरले सहभागी गराएको फुङ्लिङ नगरपालिकाले जनाएको छ । नगरपालिकाअन्तर्गत महिला बालबालिका शाखाले तालिमको आयोजना गरेको हो भने तालिमबाट पाँचजना पुरुष र चारजना महिलाले सीप सिकेका शाखा प्रमुख सीता गुरुङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts