| |

शान्ति आधारभूत विद्यालयमा अक्षयकोष स्थापना

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १२ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–२ रिजाललाइन निवासी गङ्गाराम शङ्खरले स्थानीय एक विद्यालयमा अक्षयाकोष स्थापना गर्नुभएको छ । शङ्खरले फुङ्लिङ नगरपालिका–२ हेलिप्याटस्थित शान्ति आधारभूत विद्यालयमा एक लाख रुपियाँको अक्षयकोष स्थापना गरिदिनुभएको हो ।
समाजसेवी शङ्खरले आफ्ना स्वर्गीय पिता हर्कमान शङ्खर, आमा दिलमाया शङ्खर र धर्मपत्नी दिलमाया शङ्खरको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । स्वर्गीय बाबुआमा तथा श्रीमतीको स्मृतिमा शङ्खरले स्थापना गरिदिनुभएको अक्षयकोषको ब्याजबाट वार्षिक रुपमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक खगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । प्रधानाध्यापक कार्कीका अनुसार आगामी वर्षदेखि सर्बोत्कृष्ट हुने विद्यार्थीलाई छात्रवृति प्रदान गर्न सुरु गरिने छ ।
यता विद्यालयमा पहिलो पटक अक्षयकोष स्थापना गर्नुहुने अक्षय कोषदाता शङ्खरलाई आइतबार विद्यालयले सम्मान पनि गरेको छ । उहाँले स्थापना गर्नुभएको अक्षयकोषले विद्यालयको शैक्षिक विकास तथा सुधारमा सहयोग पुग्नेभन्दै अक्षय कोषदातालाई सम्मान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम फुङ्लिङ नगरपालिका–२ का वडाध्यक्ष मोहन न्यौपानेको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको प्रधानाध्यापक कार्कीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts