| |

शिक्षक हत्याको शोकमा मेरिङ्देनमा विदा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १२ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले शिक्षकको हत्या भएकोमा शोक विदा दिएको छ । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रास्थित जालपा आधारभूत विद्यालयमा कार्यरत शिक्षक खड्गबहादुर आवाजुङ लिम्बूको हत्या गरिएकोमा गाउँपालिकाले आइतबार एक दिनका लागि शोक विदा दिएको हो ।
गाउँ कार्यपालिकाको बैठकले शोक विदा दिने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता एवम् कार्यपालिका सदस्य सूर्यमान बराइलीले जानकारी दिनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अघिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार शोक विदामा गाउँपालिकाभरिका शिक्षण संस्थाहरु आइतबार खुल्ने छैनन् ।
गएको बिहीबार साँझ छिमेकी आकाश लिम्बूले भरुवा बन्दुक प्रहार गरी शिक्षक लिम्बूको हत्या गरेका थिए । हत्यामा सङ्लग्न आकाशलाई भने सोही दिन प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाही प्रक्रिया सुरु गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts