| |

नेविसंघद्वारा फरक क्षमताका बालबालिकालाई शैक्षिक सामग्री वितरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ६ ।
नेपाल विद्यार्थी संघ ताप्लेजुङले संघको ५२ औं स्थापना दिवसको अवसरमा सुस्तश्रवण तथा फरक क्षमता भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । सदरमुकाम फुङ्लिङस्थित बालमन्दिर आधारभूत विद्यालयमा अध्ययनरत सुस्तश्रवण तथा फरक क्षमता भएका विद्यार्थीलाई नेविसंघ जिल्ला कार्यसमितिले शैक्षिक सामग्री वितरण गरेको हो ।

शैक्षिक सामग्री वितरणपछिको सामुहिक तस्बिर ।

फुङ्लिङ नगरपालिका–५ स्थित अपाङ्ग बालआवास गृह परिसरमा सोमबार बिहान एक कार्यक्रमको आयोजना गरी कापी, पेन्सिल लगायतका शैक्षिक सामग्री र चप्पल वितरण गरिएको नेविसंघका जिल्ला सभापति विश्व नाल्बोले जानकारी दिनुभयो । प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गाम, नेपाली काँग्रेस जिल्ला सभापति लीलादेवी बोखिम, पूर्वसभापति केशवप्रसाद दाहाल लगायतका जिल्लास्तरीय नेताहरुले शैक्षिक सामग्री वितरण गर्नुभएको थियो ।
कार्यक्रममा नेविसंघ ताप्लेजुङका पदाधिकारी तथा सदस्य, पूर्वपदाधिकारीहरु, अन्य भातृसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts