|

लेक लागेर बालकको मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट

ताप्लेजुङ, बैशाख ४ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा आएका एक बालकको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका–८ याङ्नामका दुई वर्षीय बालक उत्सव लिम्बूको शनिबार बिहान मृत्यु भएको हो ।
अभिभावकले आफ्ना बालक (बच्चा) लाई पाथीभरा दर्शनका लागि लिएर आएका थिए । देवीको दर्शन गर्न जाने क्रममा पाथीभरा क्षेत्रको फेदीबजार नजिक बाटोमै अचानक बेहोस भएपछि बालकलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको र उपचारकै क्रममा बालकको मृत्यु भएको हो ।
यता जिल्ला अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएपछि सव अभिभावक रामबहादुर लिम्बूलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिनुभयो । विगतमा चिसोका कारण लेक लागेर केही तीर्थयात्रीले ज्यान गुमाएका थिए भने बालकको पनि लेक लागेर नै मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । पाथीभरा धाम तीन हजार ७९४ मिटरको उचाइमा रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts