|

असिनाले खाद्यान्न र तरकारी बालीमा क्षति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ४ ।
ताप्लेजुङमा शुक्रबार वर्षासहित परेको असिनाले खाद्यान्न तथा तरकारी बालीमा ठूलो क्षति पु¥याएको छ । शुक्रबार साँझतिर परेको असिनाले किसानले लगाएको मकै, गहुँ लगायतका खाद्यान्न तथा आलु, बन्दाजस्ता तराकारी बालीमा क्षति पु¥याएको हो ।
वर्षासँगै परेको असिनाले जिल्लाको फुङ्लिङ नगरपालिकासहित अधिकांश क्षेत्रमा किसानले लगाएको खेतीबालीमा क्षति पु¥याएको छ । असिनाले आलु उत्पादनका लागि प्रख्यात रहेको फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङमा सबैभन्दा बढी क्षति पु¥याएको छ । आलु ब्लक क्षेत्रका रुपमा बुङ्कुलुङका किसानले लगाउँदै आएको आलु खेती शुक्रबारको असिनाले सखाप बनाई दिएको स्थानीय किसान पासाङरिता शेर्पाले बताउनुभयो । आलु ब्लक क्षेत्रका संयोजकसमेत रहनुभएका शेर्पाले आलु, बन्दा लगायतका तरकारीबाली असिनाले नष्ट बनाएको बताउनुभयो ।

हाङ्देवाको बुङ्कुलुङमा असिनाले क्षति गरेको आलु बाली ।


उहाँका अनुसार असिनाले तरकारीसँगै गहुँ, जौ लगायतका अन्नबालीमा समेत क्षति पु¥याएको छ । अचानक परेको असिनाले तरकारी तथा खाद्यान्नबालीलाई नराम्ररी क्षति गरेका र यसवर्ष बाली बीमासमेत नभएका कारण किसानले ठूलो नोक्सान बेहोर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । हाङ्देवाकै कटहरे गाउँकी किसान सन्ध्या लिम्बूले पनि मकै तथा फापर खेतीलाई असिनाले नराम्ररी क्षति पु¥याएको बताउनुभयो ।
यस्तै सिदिङ्वा गाउँपालिका–४ साब्लाखुका किसान खगेन्द्र लिम्बूले शुक्रबार परेको असिनाले धमाधम गोडमेल गर्दै गरेको मकै बालीमा क्षति पु¥याएको बताउनुभयो । वर्षाले अलैँची लगायत अन्य बोट बिरुवालाई फाइदा भए पनि असिनाले गरेको क्षतिले किसानलाई घाटा भएको लिम्बूको भनाइ छ । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राकी निमी शेर्पाका अनुसार पाकेर थन्क्याउन बाँकी रहेको गहुँ बालीलाई असिनाले क्षति गरेको छ । अचानक निक्कै बाक्लो परेको असिनाले जिल्लाका अधिकांश क्षेत्रमा किसानले लगाएको हिउँदेबाली तथा तरकारीजन्य बालीमा धेरै क्षति पु¥याइएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts