|

लिम्बुवान भोलेन्टियर्सको जिल्ला संयोजकमा गणेश माबो

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १० ।
ताप्लेजुङमा लिम्बुवान भोलेन्टियर्सको जिल्ला भेलाबाट गणेश माबो संयोजक चयन हुनुभएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपालको भातृसंस्था लिम्बुवान भोलेन्टियर्स (एलभी) को मंगलबार सम्पन्न भेलाले माबोको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला कमाण्ड समिति चयन गरेको हो ।
समितिको जिल्ला कमाण्डहरुमा सन्तोष तबेबुङ, सुरेश इधिङ्गो, विष्णु ताम्लिङ, विजय लिङ्देन, सन्तोष लिङ्देन, लोकेन्द्र ताम्लिङ, नरेन्द्र राई र पूर्ण खिम्दिङ चयन हुनुभएको छ । संघीय लिम्बुवान मञ्चका केन्द्रीय सचिव तथा लिम्बुवान भोलेन्टिर्सका कार्यवाहक केन्द्रीय कमान्डर राजु राईको उपस्थिति तथा मञ्चका प्रान्तीय उपमहासचिव इन्दिरा मेन्याङ्बोको प्रमुख आतिथ्यतामा भेला सम्पन्न मञ्चका प्रान्तीय सचिवालय सदस्य मुक्साम लाबुङले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts