टुचेल चेल्सीको प्रशिक्षक नियुक्त

अरुलाई पनि शेयर गरौ !

लन्डन,माघ १४ । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले थोमस टुचेललाई मंगलबार १८ महिनाका लागि व्यवस्थापक(प्रशिक्षक) पदमा नियुक्त गरेको छ । टुचेलसामु खराब लयमा रहेको चेल्सीलाई सम्हाल्ने चुनौती हुनेछ । जर्मनीका ४७ वर्षीय फुटबल प्रशिक्षकले अब दुई दिन अगाडि बर्खास्त परेका फ्रायन्क लाम्पार्डको स्थान लिनेछन् । सन् २००३ मा क्लबको स्वामित्व किनेयता रोमन इब्राहिमोभिचले नियुक्त गरेको टुचेल १३औं व्यवस्थापक भएका छन् । उनले भनेका छन्, ‘चेल्सीले ममाथि देखाएको विश्वासका लागि धन्यवाद दिन चाहन्छु । म क्लबको गौरवलाई अगाडि बढाउन चाहन्छु ।’ उनको नेतृत्वमा चेल्सीले बुधबार लिगमा उल्भ्सविरुद्ध खेल्नेछ । चेल्सी इंग्लिस प्रिमियर लिगको तालिकामा २९ अंकसहित १०औँ स्थानमा रहेको छ । आफूले खेलेका १९ खेलमध्ये चेल्सीले ८ मा जित, ५ मा बराबरी र ६ मा हार बेहोरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts