मौसम पूर्वानुमान ः सुदूरपश्चिम र कर्णालीमा वर्षासँगै हिमपात

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,माघ १० । आज शनिवार नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ । जसकारण देशका केही भागमा बदली भई सामान्य वर्षासमेत हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको छ । तराई भूभागहरुमा हुस्सुरकुहिरो लागेको को छ भने बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ । दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेकोले सतर्क रहन सूचित गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts