दोस्रो वान डेमा पनि बंगलादेश विजयी

अरुलाई पनि शेयर गरौ !

ढाका,माघ १० । बंगलादेशले दोस्रो वान डेमा पनि शुक्रबार वेस्ट इन्डिजलाई सजिलै सात विकेटले पराजित गरेको छ । बंगलादेशले सय बलको खेल छँदै यो जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४८ रन मात्र बनाएको थियो । त्यसमा रोभ्मन पावेलले बनाएको ४० रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । बंगलादेशका लागि मेहदी हसनले २५ रनमा चार विकेट लिए र उनी नै खेलको म्यान अफ द म्याच पनि रहे । जवाफमा बंगलादेशले कप्तान तमिम इक्बालको ५० रनको मदतले ३३.२ ओभरमा तीन विकेट गुमाएर १ सय ४९ रन बनायो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts