शीर्ष स्थानमा एटलेटिको मजबुत

अरुलाई पनि शेयर गरौ !

म्याड्रिड,माघ ९ । लुइस स्वारेजले दुई गोल गरेपछि एटलेटिको म्याड्रिडले बिहीबार स्पेनी ला लिगामा आइबरलाई २–१ ले हराएको छ । यो नतिजासँगै टोलीले शीर्ष स्थानमा आफ्नो पकड अझ मबजुत बनायो । यो जितपछि एटलेटिकोले शीर्ष स्थानमा सात अंकको अग्रता पनि खोलेको छ । आइबरले गोलरक्षक मार्को डिमिट्रोभिचको गोलले अग्रता लिएको थियो । उनले पेनाल्टीबाट आफ्नो खेल जीवनको पहिलो गोल गरे । त्यसपछि स्वारेजले दुई गोल थपे । उनको विजयी गोल ८९ औं मिनेटमा सम्भव भएको थियो । बिहीबारको अर्को खेलमा भ्यालेन्सिया र ओसासुनाले १–१ को बराबरी खेले ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts