युभेन्टसलाई सुपरकप, रोनाल्डोको कीर्तिमानी गोल

अरुलाई पनि शेयर गरौ !

मिलान,माघ ८ । क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी ७ सय ६०औं गोलमा युभेन्टसले बुधबार नेपोलीलाई २–० ले हराएर इटालियन सुपरकप जितेको छ । आन्द्रे पिर्लोले प्रशिक्षकका रूपमा जितेको यो पहिलो उपाधि हो । पोर्चुगाली फरवार्ड रोनाल्डोले भलीबाट पहिलो गोल गरेपछि सब्स्टिच्युट अल्भारो मोराटाले इन्जुरी समयमा दोस्रो गोल थपे । रोनाल्डो यो उपलब्धिसँगै फुटबल इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी पनि भएका छन् । यद्यपि यसलाई लिएर विवाद भने पाइन्छ । रोनाल्डोले जोसेफ बिचानको नाममा रहेको सर्वकालीन सबैभन्दा बढी गोल गर्ने खेलाडीको उपलब्धिलाई उछिनेको मानिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts