अमेरिकामा फेरियो सत्ता
वासिङ्टन,माघ ८ । अमेरिकाको राष्ट्रपतिको कार्यभार डेमोक्रेटिक दलका जो बाइडेनले सम्हालेका छन् । नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा निर्वाचित बाइडेनले वासिङ्टनस्थित क्यापिटल हिलमा ४६ औं राष्ट्रपतिका रूपमा बुधबार शपथ लिएका हुन् । ७८ वर्षीय बाइडेनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले शपथ गराएका थिए । बाइडेनसँगै कमला ह्यारिसले पनि उपराष्ट्रपतिका लागि शपथ लिएकी छन् । उनलाई सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेयरले शपथ गराएकी थिइन् । एसियाली मूलकी ह्यारिस अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित पहिलो महिला हुन् । क्यापिटल हिलमा आयोजित समारोहमा अमेरिकाका पूर्वराष्ट्रपतिहरू बाराक ओबामा, जर्ज डब्लू बुस तथा बिल क्लिन्टन पूर्वप्रथम महिलाहरू सहित उपस्थित थिए । शपथग्रहण समारोहमा बाइडेनले आफ्ना अग्रजहरूलाई उपस्थित भएकामा धन्यवाद दिए ।