| |

ताप्लेजुङको फुङ्लिङस्थित ल्याङ्वा क्षेत्रमा ट्रयाक्टर दुर्घटना २ जना घाइते, ट्रयाक्टर पूर्णतया जल्यो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,माघ ८ । मेची राजमार्गको फुङ्लिङ–काबेली सडक खण्डमा बिहीबार बिहानै भएको ट्रयाक्टर दुर्घटनामा २ जना घाइते भएका छन् । सदरमुकाम फुङ्लिङबाट मेवाखातर्फ जाँदै गरेको मे १ त २४१२ नम्बरको ट्रयाक्टर पूर्णतया जलेको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका जडा नं ८ को ल्याङ्वामा भएको सो दुर्घटनामा परी चालक पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं ६ बस्ने बस्ने २४ बर्षिय उमेश सोनाम र सहचालक पाँचथरको फिदिम नगरपालिका वडा नं २ बस्ने २३ बर्षिय वीरबहादुर नेपाली घाइते हुनु भएको छ । उहाँहरुलाइ उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । ट्रयाक्टर सडकबाट करिव २० मिटर तल खसेको र आगो लागेर पूरै जलेको प्रहरीले जानकारी दिएको छ । ट्रयाक्टरमा लागेको आगो दकमल समेतको सहाराले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts