| |

प्रजातान्त्रिक युवा महासंघमा फुर्वा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, माघ ५ ।
ताप्लेजुङमा नेपाल प्रजातान्त्रिक युवा महासंघको तदर्थ समिति गठन भएको छ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रजातान्त्रिक युवा महासंघ फुर्वा शेर्पाको संयोजकत्वमा २१ सदस्यीय जिल्ला तदर्थ समिति सोमबार गठन भएको हो ।
महासंघको सहसंयोजक द्वयमा शुक्रराज लिम्बू र सरिता माबोहाङ, सचिव दावा डीएन शेर्पा, सहसचिव रन्जित ताङजोम र कोषाध्यक्षमा कविता तामाङ चयन हुनुभएको छ । नेपाली काँग्रेस जिल्ला उपसभापति मणिप्रसाद लाबुङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले तदर्थ समिति सर्वसम्मत चयन गरेको बताइएको छ ।
नवगठित तदर्थ समितिका संयोजक फुर्वाका अनुसार जिल्ला भेलामा काँग्रेस जिल्ला सचिव छविलाल गुरुङ, मंगलबहादुर मेन्याङ्बो, कोषाध्यक्ष रणबहादुर कार्की, पूर्व जिल्ला सचिव गजेन्द्र तुम्याहाङ लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts