पीएसजी फेरि शीर्ष स्थानमा

अरुलाई पनि शेयर गरौ !

पेरिस,माघ ४ । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग–वानमा एन्जर्सलाई १–० ले हराएको छ । यससँगै टोली फेरि अंकतालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो । खेलको एक मात्र गोल डिफेन्डर लेयभिन कुरजावाले भलीबाट गरे । मउरिसो पोचेटिनोको पीएसजीको यो लगातार सात खेलको अपराजित यात्रा हो । खेलका क्रममा पोचेटिनो आफैं भने मैदानमा थिएनन् । टोटनहमका पूर्वव्यवस्थापक कोरोना भाइरस संक्रमणपछि अहिले आइसोलोसनमा छन् । पीएसजी दोस्रो स्थानको लियोनभन्दा दुई अंकले अगाडि छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts