मेसी चम्केपछि बार्सिलोना विजयी

अरुलाई पनि शेयर गरौ !

म्याड्रिड,पुस २३ । लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले स्पेनी ला लिगामा बुधबार एथलेटिक बिलबाओमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । यससँगै टोली अंकतालिकाको तेस्रो स्थानमा उक्लेको छ । एथलेटिकले विलियमको गोलमा सुरुआती अग्रता लिएयता पेड्रीले बार्सिलोनाका लागि बराबरी गोल गरे । त्यसयता मेसीले दुई गोल गरे । इकेर मुनियनले एथलेटिकका लागि अन्त्यतिर एक गोल फर्काए । यो जितपछि रोनाल्ड कोम्यानको बार्सिलोनाको ३१ अंक भएको छ । यो दोस्रो स्थानमा रहेको रियल म्याड्रिडसँग पाँच अंकको दूरी हो । एटलेटिको म्याड्रिड भने ३८ अंकसाथ शीर्ष स्थानमा छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts