२४ घण्टामा थप ४०४ जनामा कोरोना संक्रमण, ७ को मृत्यु, ५९४ डिस्चार्ज

अरुलाई पनि शेयर गरौ !

काठमाडौं,पुस २० । पछिल्लो २४ घण्टामा थप ४०४ जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण देखिएको छ । संक्रमित हुनेमा १५९ महिला र २४४ पुरुष छन् । यो सँगै नयाँ थपिएकासहित कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ । यस्तै २४ घन्टामा थप ४ हजार ४०१ स्वाब नमूना परीक्षण गर्दा ४०४ जनामा संक्रमण देखिएको हो । यस्तै सोमबार ५९४ जना डिस्चार्ज भएका छन् । योसहित हालसम्म कोरोना जित्नेको संख्या २ लाख ५५ हजार ८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार निको हुनेको दर ९७.३ प्रतिशत हो । देशभर सक्रिय संक्रमितको संख्या भने ५ हजार २८९ रहेको छ। अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८ सय ८५ पुगेको मन्त्रालयले जनाएको छ । सोमबार कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यस्तै अहिले ३४२ जना क्वारेन्टिन र ५ हजार २८९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालया अनुसार कोरोनाका गम्भीर २०९ जनाको आइसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कोरोना संक्रमितको संख्या घटेपनि मृत्यु हुनेको संख्यामा कमि नआएकाले विज्ञहरुले नेपालमा कोरोना महामारीको जोखिम नघटेको बताउँदै आएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts