ताप्लेजुङ फेरी कोरोना संक्रमण बिहिन जिल्ला

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस १९ । ताप्लेजुङ फेरी कोरोना संक्रमण बिहिन जिल्ला बनेको छ । शनिवार प्राप्त १० जनाको रिर्पोट मध्ये यसअघि संक्रमित २ जनाको रिर्पोट पनि नेगेटिभ आएसंगै ताप्लेजुङ फेरी कोरोना संक्रमण बिहिन जिल्ला बनेको हो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले पछिल्लो नतिजा संगै ताप्लेजुङ संक्रमण शुन्य जिल्ला बनेको जानकारी दिनुभयो । संक्रमण घट्दो दरमा रहेको र अधिकारवाला संस्थाले भवन खाली गरिदिन अनुरोध गरेको भन्दै गत आइतवारबाट ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघका रहेको संस्थागत क्वारेन्टिन पनि खाली गरिएको छ । यसअघि पनि पटक–पटक ताप्लेजुङमा संक्रमण शुन्य हुँदै फेरी थपिदैं गएका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts