म्यानचेस्टरले लिभरपुलसँग ग¥यो अंक बराबरी
लन्डन,पुस १८ । म्यानचेस्टर युनाइटेडले शुक्रबार एस्टन भिल्लालाई २–१ ले हराएको छ । जितसँगै म्यानचेस्टरले इंग्लिस प्रिमियर लिगको अंक तालिकामा लिभरपुलसँग बराबरी गरेको छ । म्यानचेस्टर आफ्नो पारम्परिक प्रतिद्वन्द्वीसँग गोल अन्तरले मात्र पछाडि छ । लिभरपुल अंकतालिकाको शीर्ष स्थानमा छ भने म्यानचेस्टर समान अंकसहित दोस्रो स्थानमा छ । दुवै टिमको १६ खेलबाट समान ३३ अंक छ । लिभरपुल सोमबार साउथह्याम्पटनको भ्रमणमा निस्कनेछ । म्यानचेस्टरले भने लिगमा १० खेलसम्म आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । म्यानचेस्टरले एन्थोनी मार्सिएलको गोलमा अग्रता लिएयता भिल्लाले बेरट्रान्ड ट्राओरेले बराबरी गोल फर्काएका थियो । त्यसयता ब्रुनो फर्नान्डेजले पेनाल्टीबाट निर्णायक गोल गरे । शुक्रबारको अर्को खेलमा वेस्ट ह्यामले वेस्ट ह्यामलाई १–० ले पराजित ग¥यो । त्यसमा टोमास सोसेकले एक मात्र गोल गरे । यो नतिजाले भिल्ला अंक तालिकाको दोस्रो स्थानमा उक्लन असफल रह्यो ।