पाथीभरा क्षेत्रको जंगलमा लागेको डढेलो मन्दिरमा पुग्ने सम्भावना कम,तर आगो अझै नियन्त्रणमा आउन सकेन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,पुस १२ । पाथीभरा मन्दिर आसपासको वन क्षेत्रमा लागेको आगो मन्दिर क्षेत्रमा पुग्ने जोखिम तत्काललाइ टरेपनि नियन्त्रणमा भने आएको छैन । मन्दिरबाट करिव २ किलोमिटर तल मात्रै आगो रहेको र अहिले सम्मको अवस्थामा मन्दिरमै पुग्ने जोखिम नरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । हावाको बेग धेरै भए आगो दन्किने अवस्था भने यथाव्त रहेको उहाँले बताउनुभयो । आगो निभाउने क्रम भने जारी रहेको काफ्लेले जानकारी दिनुभयो । पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र मतहले अहिले पनि आगो निभाउने क्रमा जारी रहेको बताउनुभयो ।‘हिजो जस्तो आगो छदैंछैन,आगोको नजिक पानीको एउटा सानो मुहान समेत फेला परेकोले सके सम्म निभाउने क्रम चलिरहेको छ’उहाँले भन्नुभयो । नेपाल प्रहरीको फलैंचा र सशस्त्र प्रहरीले बनाएको चौतारोको बीच भागबाट जंगलतिर पस्दा मन्दिरतर्फको भागमा जाने बाटो तिर रहेको खोल्सोले अग्नि रेखाको काम गर्ने अवस्था देखिएकोले ठूलै आगोको दन्काइ र बेजोडको हावाहुरी चलेको अवस्था बाहेक आगो मन्दिरतर्फ जाने सम्भावना कम भएको महतले जानकारी दिनुभयो ।‘त्यो खोल्सामा पानी त छैन,तर खोल्सोले अग्नि रेखाको काम गर्न सक्छ’उहाँले भन्नुभयो । यो अवस्थामा आगो मन्दिरमै पुग्ने सम्भावना भने कम हुँदै गएको उहाँको बुझाइ छ । अहिले पनि त्यहाँ आगो निभाउने प्रयास भने जारी रहेको उहाँले जानकारी दिनुभयो । शनिवार सदरमुकाम फुङ्लिङबाट गएको नेपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरीको टोली फिरेर अर्को टोली पुनःडढेलो क्षेत्रतर्फ लागेको छ । महतले त्यो टोली आउँदै गरेको खबर आफुले पाएको जानकारी दिनुभयो । पाथीभरा क्षेत्र विकास समिति,पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति र पाथीभरा क्षेत्रका नागरिक भने अहिले पनि पाथीभरा क्षेत्रमै रहनु भएको बुझिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts