|

ताप्लेजुङ बहुउद्देश्य सहकारीमा पुन ः सिग्देल

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १२ । ताप्लेजुङकै जेठो ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः टामन सिग्देल अध्यक्षमा चयन हुनु भएको छ । उहाँ संस्था स्थापनाकाल देखि नै यो संस्थाको लगातार अध्यक्ष रहनु भएको छ । हकारी संस्थाको २० औं साधारणसभाले सिग्देल अध्यक्ष र खगेन्द्रकुमार कार्की उपाध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति निर्बिरोध चयन गरेको छ । लेखा तथा सुपरीबेक्षण समितिमा पनि पुरानै नेतृत्व आएको छ । अध्यक्ष सिग्देलका अनुसार कार्य समितिमा गीतादेवी गुरुङ,बलबहादुर ओख्राबु,तेजबहादुर खत्री(भट्टराई),देउमाया ओझा,मिनाकुमारी गुरुङ,राजेश प्याकुरेल,खड्गबहादुर मोक्तान,श्रीप्रसाद खड्का र रामप्रसाद लिम्बू सदस्य चयन हुनु भएको छ । तारानाथ बराल संयोजक रहेको लेखा तथा सुपरीबेक्षण समितिमा जीतेन लिम्बू र शर्मिला भण्डारी सदस्य चयन हुनु भएको सिग्देलले जानकारी दिनुभयो । अध्यक्ष र उपाध्यक्ष चयन गरेको समितिमा सचिव र कोषाध्यक्ष सहितका पद भने निर्वाचित सदस्यहरु भित्रबाट चयन हुनु हुने छ । एकैदिन आमभेलामार्फत साधारणसभा गर्दै आएका सहकारी संस्थाले यसबर्ष कोरोनाका कारण बिना भिडभाड १५ दिनको समय दिएर साधारणसभा गरिरहेका छन् । आफ्नै कार्यालयमा प्रगति प्रतिबेदन तयार गर्ने सो लिन जानेलाइ हस्ताक्षर गराएर साधारणसभाको गणपुरक संख्या पु¥याइदैं आएको छ । प्रतिबेदन बुझेर लगेका साधारणसभाका सदस्यले प्रतिबेदनमा आफ्नो सुझाव,सल्लाह र परार्मश भए लिखित रुपमा वा सहकारी संस्थाको कार्यालयमै गएर दिन सक्ने व्यवस्था गरिएको छ । प्राप्त सुझाव ग्रहण योग्य भए संस्थाले प्रतिबेदनमा थप गरी अन्तिम रुप दिने छन् । निर्वाचनको प्रकृयामा सहभागी हुनेका लागि पनि पूर्व सूचित गरिएकोमा आवश्यक भन्दा बढी आएका उम्मेदवारीलाइ सहमतिमार्फत टुङ्ग्याइ निर्विरोध रुपमा समिति चयन गरिएको ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्थाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts