२४ घण्टामा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि, ८४० जना कोरोनामुक्त

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,पुस ११ । पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २१३ महिला र २८७ जना पुरुष रहेका छन् । हालसम्म नेपालमा २ लाख ५७ हजार ७०० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ८४० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको संख्या २ लाख ४९ हजार १३२ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७४९ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ५ हजार ८२६ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ५ हजार ४३४ पीसीआर परीक्षण भएका छन् । क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ३ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ जना पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts