‘निवृत्तिभरण तथा अवकास सुबिधा पाइरहेका व्यक्तिलाइ सामाजिक सुरक्षा भत्ता नदिनू’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २ । निवृत्तिभरण,अवकास सुबिधा वा अन्य सुबिधा पाइरहेका व्यक्तिलाइ सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउन गृह मन्त्रालयले देशभरका सबै स्थानीय तहलाइ परिपत्र गरेको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले देशभरका महानगरपालिका,उपमहानगरपालिका,नगरपालिका र गाउँपालिकालाइ पत्र लेख्दै सामाजिक सुरक्षा भत्ता लाभग्राहीको बिबरण रुजु गरी दोहोरो सुबिधा लिएको भए कानुनी दाहेरामा ल्याउन परिपत्र गरेको हो । शाखा अधिकृत कुलशेखर अर्यालद्धारा जारी सूचनामा सामाजिक सुरक्षा ऐन २०७५(प्रथम शंसोधन)२०७७ सहित दफा १५ मा भएको कानुनी व्यवस्थाका बारेमा स्थानीय तहको ध्यानाकर्षण गरिएको छ । सो कानुनी व्यवस्था अनुसार कुनै सरकारी वा सार्वजनिक नियुत्ति,निर्वाचित वा मनोनित भइ वहाल रहेको व्यक्तिले नेपाल सरकार,प्रदेश सरकार,स्थानीय तह वा नेपाल सरकार,प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आशिंक स्वामित्व भएको संगठित संस्थाबाट नियमित रुपले पारिश्रमिक,निवृत्तिभरण,अवकास सुबिधा वा अन्य सुबिधा पाइरहेका छन् भने उनीहरुले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् । मन्त्रालयले कतिपय स्थानीय तहहरुले दोहोरो सुबिधा बितरण गरिरहेको जानकारीमा आएकोले अब उप्रान्त यस्तो प्रवृति पूर्ण रुपमा अन्त्य गर्न स्थानीय तहहरुलाइ परिपत्र गर्दै सामाजिक सुरक्षा भत्ता पाउने सम्पूर्ण लाभग्राहीको बिबरण रुजु गर्न भनेको छ । परिपत्रमा दोहोरो सुबिधा लिएको भए कानुनी दाहेरामा ल्याई दोहोरो सुबिधा निरुत्साहित गरी कानुनको पूर्ण पालना गर्न÷गराउन पनि मन्त्रालयले स्थानीय तहहरुलाइ आग्रह गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts