|

पछिल्लो २४ घण्टामा थपिए १ हजार २ सय १७ कोरोना संक्रमित, १ हजार ६४ डिस्चार्ज

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,मंसिर २५। पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ७ हजार २ सय ३२ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ६४ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख ३१ हजार ६ सय १ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ३ सय ८६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय ६३ पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts