|

आफ्नै घरको आगलागिमा परी घाइते बालिकाको एक महिना पछि मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर २२ । गत कात्तिक १९ गते आफ्नै घरमा भएको आगलागिमा परी घाइते भएकी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाको थलङकी १० बर्षिया बालिका मूना थलङको एक महिना पछि मृत्यु भएको छ । उपचारका क्रममा झापाको बिएण्डसी अस्पतालमा छोरीको मृत्यु भएको मूनाका बुवा रनध्वोज थलङले जानकारी दिनुभयो । रन्ध्वोजका अनुसार आगलागिमा परी घाइते मूनालाइ उपचारका लागि तत्कालै ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएको थियो । शरिरको करिव ६० प्रतिशत भाग जलेको र अवस्था गम्भिर रहेको पाइएपछि प्रारम्भिक उपचार पछि ताप्लेजुङ जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले थप उपचारका लागि रेफर गरेका थिए । त्यसपछि मूनालाइ उपचारका लागि बिएण्डसी अस्पताल भर्ना गरिएको थियो । १४ लाख बढी रकम खर्च गर्दा पनि छोरीलाइ बचाउन नसकिएको रनध्वोजले जानकारी दिनुभयो । पेट्रोल लगाएर आगो बाल्ने क्रममा भएको आगलागिमा परी मूना घाइते भएकी थिइन् भने रन्ध्वोजको तीनतले घर पनि जलेर ध्वस्त भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts