| | |

ताप्लेजुङमा सुरु भयो हिमपात,पाथीभरा क्षेत्र देखिन थाल्यो सेताम्मे

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर २० । ताप्लेजुङमा अघिल्लो बर्षभन्दा ठीक सातदिन हिमपात सुरु भएको छ । अघिल्लो बर्ष मंसिर २८ गते पहिलोपटक हिमपात भएको थियो । ३ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर र र आसपासमा भने शुक्रवार बेलुकी हिमपात भएको थियो । मन्दिरमा रहेका पूजारी डिल्ली आचार्यले शनिवार दिउँसोबाट हिउँ नपरे पनि मौसम धुम्मिएका कारण पानी र हिमपातको सम्भावना औंल्याउनु भएको छ ।‘ चिसो निकै छ,शनिवार बिहान सम्म फाट्फुट्ट हिउँ परिरहेको थियो’उहाले भन्नुभयो ।

मन्दिरको मुख्य प्रबेशद्धारबाट मन्दिर परिसर सम्म नै हिउँ मजाले जमेको उहाँले जानकारी दिनुभयो । रातीको समयमा पानी पर्ने हो भने पानी संगै हिउँ थपिने सम्भावना अधिक रहन्छ । पाथीभराको माथिल्लो फेदी क्षेत्रमा भने शनिवार अपरान्ह सम्म हिउँ आइ नपुगेको माथिल्लो फेदीका होटल व्यवसायी इन्द्रनारायण भट्टराइले जानकारी दिनुभयो । तर माथिल्ला फेदी भन्दा उकालो पाथीभरा डाँडा पुग्ने बाटोमा भने हिउँ सेताम्मे रहेको स्थानीयले बताएका छन् ।

हल्का पानी र मौसम धुम्मिएसंगै हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । डाँडाकाँडा सेताम्मे देखिन थालेका छन् । बिहीबार बिहान अलिअलि पानी परेर दिउँसो अघ्रिएपनि शुक्रवार साँझबाट भने मौसम पूरै धुम्मिएको छ । शुक्रवार साँझ हल्का बर्षा समेत भएको थियो । मौसम नउघ्रने र पानी पर्ने क्रम पनि सुरु हुने हो भने हिमपातको मात्रा बढ्ने देखिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts