|

पछिल्लो २४ घन्टामा १,४९० जनामा कोरोना संक्रमण ः १,५६७ जना कोरोना मुक्त

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,मंसिर १७ । देशभर पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९० जना संक्रमित थपिएका हुन् । देशभर संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ । अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ५ सय ४७ रहेको छ । यस्तै देशभर पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६७ जना कोरोना मुक्त भएका छन् । कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यससँगै कोरोना संक्रमणबाट देशभर अहिलेसम्म ज्यान गुमाउनेको संख्या १ हजार ५ सय ३८ पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts