चेल्सी र टोटनहमबीच बराबरी
लन्डन,(एजेन्सी),मंसिर १५ । इंग्लिस प्रिमियर लिगमा चेल्सी र टोटनहमले आइतबार राति गोलरहित बराबरी खेलेका छन् । यो नतिजापछि टोटनहम १० खेलमा २१ अंकसहित शीर्ष स्थानमा उक्लेको छ भने चेल्सी तेस्रो स्थानमै रह्यो । चेल्सीको १९ अंक छ । डिफेन्डिङ च्याम्पियन लिभरपुल २१ अंकसहित गोल अन्तरले दोस्रो स्थानमा छ । यसअघि म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलार्य ३–२ ले पराजित गरेको थियो । साउथह्याम्टनले सुरुमा दुई गोलको अग्रता लिएपछि म्यानचेस्टरले तीन गोल फर्काएर उत्कृष्ट पुनरागमन गरेको हो । उसका लागि एडिसन कभानीले इन्ज्युरी समयको तेस्रो मिनेटमा निर्णायक गोल गरे । कभानीले नै खेललाई २–२ को बराबरीमा पु¥याएका थिए । म्यानचेस्टरको पहिलो गोल ब्रुनो फर्नान्डेजको नाममा रह्यो । साउथह्याम्पटनबाट जेन बेडनारेक र जेम्स वार्डले गोल गरेका थिए । यससँगै टिमको जित सम्भावना देखिएको थियो, तर खेलको अन्त्यतिर म्यानचेस्टरले पुरानो छविको खेल प्रदर्शन गरेको थियो ।