कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापन संयोजक नै कोरोना संक्रमित

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर १४ । ताप्लेजुङमा आइतवार फेरी १ जना कोरोना संक्रमित थपिएका छन् । २ जनाको स्वाब परीक्षणका लागि फेरी पठाउनु पर्ने भएको छ । यसअघि पहिलो चरणमा पठाइएका ९ मध्ये नतिजा आउन बाँकी ३ जनाको आइतवार प्राप्त नतिजा अनुसार कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापन संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनमा कोरोना संक्रमण देखिएको छ । उहाँ आफैंले सामाजिक सञ्जालमा आफुमा कोरोना संक्रमण पुष्टी भएको भन्दै आफुसंग नजिकको सम्पर्कमा रहेकालाइ सावधानी अपनाउन आग्रह गर्नु भएको छ । यो सहित ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १४ पुगेको छ । अरु ८० जनाको स्वाबको परीक्षण रिर्पोट आउन बाँकी रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts