| |

घिमिरे सर्वाधिक मत सहित बाणिज्य महासंघको केन्द्रीय सदस्य निर्वाचित

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर १४ । ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे नेपाल उद्योग बाणिज्य संघको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । जिल्ला नगरतर्फ खसेको कूल १ सय ५ मत घिमिरेले ७१ मत ल्याइ प्रतिश्पर्धी मध्ये सर्वाधिक मत ल्याउने दोस्रो बन्नु भएको छ ।

सर्वाधिक लोकप्रिय मतको पहिलो नाम भने शेयरबजारका लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको नाममा रहन गएको छ । पौडेल एशोसिएटतर्फबाट सर्वाधिक मतान्तरमा बिजयी हुनु भएको हो । एशोसिएटतर्फबाट कूल ८ सय ९० मत खसेकोमा पौडेलले ८ सय २ मत प्राप्त गर्नु भएको थियो । घिमिरे र पौडेल दुबै बरिष्ठ उपाध्यक्षमा बिजयी चन्द्र ढकाल समूहका प्रतिश्पर्धी हुनुन्थ्यो । ताप्लेजुङबाट उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य बन्नुहुने घिमिरे तेस्रो व्यक्ति बन्नु भएको छ ।

यसअघि स्वर्गीय बिजयकुमार श्रेष्ठ र सन्तोष खतिवडा केन्द्रीय सदस्य भइसक्नु भएको छ । संयोग के भने केन्द्रीय सदस्य हुने तीनैजनाले ताप्लेजुङ उद्योग बाणिज्य संघको अध्यक्षको जिम्मेवारी पूरा गरेपछि केन्द्रीय सदस्य बन्ने सौभाग्य पाउनु भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts