उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी
काठमाडौ,मंसिर १४ । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्र ढकाल विजयी हुनु भएको छ । महासंघको ५४औं वार्षिक साधारणसभामा शनिबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्ष बन्नु भएको छ । वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा एसोसियटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई निर्वाचित हुनुभयो । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । ढकाल समूहमा कुल १ सय ५ मत खसेकोमा ढकालले ५२ र प्रधानले ५३ मत ल्याउनुभयो त्यस्तै ३० प्रतिशत हिस्सा रहेको एसोसियटमा ८ सय ९७ सदर मतमध्ये ढकालले ५ सय २२ र प्रधानले ३ सय ७५ मत पाउनुभयो । त्यसै गरी ६० जना कार्यकारिणी सदस्य निर्वाचित भएका छन् । महासंघको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएकोमा आइतबार सबेरै नतिजा घोषणा गरिएको हो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने प्रावधान छ ।