९ हजार २१० नमुना परीक्षण गर्दा १९४८ जनामा संक्रमण पुष्टि
काठमाडौ,मंसिर १० । पछिल्लो २४ घण्टामा थप १९४८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । उनीहरुमध्ये १३८९ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २१४० जना संक्रमणमुक्त भएका हुन् । देशभर १६ हजार ६३९ संक्रिय संक्रमित छन् ।