|

तीन सञ्चारकर्मीमा कोरोना संक्रमण देखिएपछि मंसिर १५ सम्म रेडियो तमोरको प्रसारण बन्द

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर ८ । कार्यरत तीनजना सञ्चारकर्मीमा कोरोना संक्रमण देखिएपछि ताप्लेजुङको फुङ्लिङबाट प्रसारण हुने रेडियो तमोर १०२ मेघाहर्जको नियमित प्रसारण मंसिर १५ सम्मलाइ बन्द गरिएको छ । स्टेशन म्यानेजर सजन पौडेलले सोमवार अपरान्ह सूचना प्रकाशन गरी रेडियोमा कार्यरत तीन जना सञ्चारकर्मीमा कोरोना संक्रमण भएको रिर्पोट प्राप्त भएकोले रेडियोको प्रसारण बन्द गरी कार्यरत सबै जनशक्ति एकान्तबास बस्ने गरी प्रसारण बन्द भएको जनाउनु भएको छ । उहाँले संक्रमितको नजिकको सम्पर्कमा रहेका अरु कार्यरत जनशक्ति सुरक्षित ढंगले एकान्तबासमा रहनुपर्ने भएकोले रेडियोको प्रसारण बन्द गरेको सूचना जारी गर्नु भएको छ । उहाँले रेडियोको प्रसारण बन्द हुँदा यसबाट पर्न गएको असुबिधा प्रति क्षमा चायना समेत गर्नु भएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको अनुरोधमा ताप्लेजुङ जिल्ला अस्पतालले यसअघि संक्रमित १२ मध्ये ११ सहित होम आइसोलेसनमा रहेका र शंकास्पद गरी ४४ जनाको स्वाब मंसिर ५ मा परीक्षणका लागि प्रदेश जनस्वास्थ प्रयोगशाला बिराटनगर पठाएको थियो । ४४ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा ४३ जनाको नतिजा आएको छ । जसमा रेडियो तमोरमा कार्यरत ३ सहित १० नयाँ संक्रमित थपिएका छन् । यसअघि संक्रमित १२ मध्ये ११ जनाको स्बाव पठाइएकोमा १० जनाको नतिजा नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका छन् । स्वाब पठाउन बाँकी एक र स्वाब पठाएपनि पोजेटिभ नै रिर्पोट आएका एक सहित अहिले ताप्लेजुङमा १२ जना सक्रिय संक्रमित रहेको ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts