९८०५ नमुना परीक्षण गर्दा २१०३ जनामा संक्रमण पुष्टि

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,मंसिर ४ । पछिल्लो २४ घण्टामा २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२७६ जनाको मृत्यु भएको छ भने १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५८ जना संक्रमणमुक्त भएका हुन् । देशभर २८ हजार १०६ सक्रिय संक्रमित छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts