|

२४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,मंसिर ३ । पछिल्लो २४ घण्टामा बुधबार थप १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको बताउनुभयो । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख २३ हजार ७५४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार ७३१ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २८ हजार ८७८ छ । क्वारेन्टाइनमा रहनेको संख्या ९१० रहेको मन्त्रालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts