|

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,भदौ २६ । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो । उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts