|

यी हुन् ‘होम आइसोलेसन’मा बस्दा ध्यान दिनैपर्ने कुरा

अरुलाई पनि शेयर गरौ !

पछिल्लो तथ्यांकअनुसार देशभर साढे ३ हजारभन्दा बढी कोरोना संक्रमित ‘होम आइसोलेसन’मा छन् । तर यस्तो बेला अपनाउनुपर्ने सतर्कता नअपनाउँदा संक्रमित स्वयंलाई जोखिम त बढ्छ नै, परिवारका अन्य सदस्यमा भाइरस फैलिने खतरा पनि उत्तिकै हुन्छ । यसर्थ होम आइसोलेसनमा रहँदा संक्रमित तथा परिवारका अन्य सदस्यले यी कुरामा ध्यान पु¥याउनपर्छ ः
–यो भाइरसको संक्रमण भएपछि देखिने मुख्य लक्षण हुन् – ज्वरो, सुक्खा खोकी र जीउ बेस्सरी गल्ने । यसबाहेक मांशपेसी दुख्ने, घाँटी सुक्खा हुने, झाडा लाग्ने, आँखा सुन्निने, टाउको दुख्ने, गन्ध तथा स्वाद थाहा नपाउने, शरीरमा डाबर आउने, हातरखुट्टाका औंलाको रङ परिवर्तन हुँदै जाने लक्षण पनि देखापर्न सक्छन् ।
–सास फेर्न गाह्रो भयो, छाती दुख्न थाल्यो अथवा बोल्न वा हिँडडुल गर्न गाह्रो भयो भने तुरुन्त अस्पताल जानु–लानुपर्छ ।
–दीर्घ रोग छैन भने घरमै आइसोलेसन बस्दा राम्रो हुन्छ ।
–दीर्घ रोग छ भनेचाहिँ अस्पतालमा भर्ना हुने, घरमै बस्ने हो भने चिकित्सकको निगरानीमा रहने ।
सास फेर्न गाह्रो भयो, छाती दुख्न थाल्यो अथवा बोल्न वा हिँडडुल गर्न गाह्रो भयो भने तुरुन्त अस्पताल जानु र लानुपर्छ ।
–यो रोगमा आत्मविश्वास बलियो हुन जरुरी छ । नडराउने, समय बिताउन लेखररचना पढ्ने, लेख्ने, मन बहलिने सिनेमा हेर्ने, दैनिक हल्का योग र शारीरिक व्यायाम गर्ने ।
–मद्यपान तथा धूमपानको लत छ भने त्यसबाट टाढा बस्नुपर्छ ।
–कोरोना भाइरस विशेषगरी थुक, ¥याल, सिँगान तथा शरीरबाट निस्कने अन्य तरल पदार्थबाट सर्छ ।
–घरमा बस्दा जलवियोजनबाट बच्न प्रशस्त मात्रामा पानी तथा झोलिलो कुरा खानुपर्छ। पिसाबको मात्रा पर्याप्त छ कि छैन, बेलाबेला याद गर्नुपर्छ ।
–तागतिलोरपौष्टिक खाना खार्नुर्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मौसमअनुसार तरकारी तथा फलफूल खानुपर्छ । फलफूल खाँदा सकेसम्म विभिन्न भिटामिन भएका मिलाएर खानु राम्रो हुन्छ ।
–घरमा आइसोलेसनमा बस्नुपर्दा प्रशस्त मास्क, सेनिटाइजर, रगतको अक्सिजन जाँच्ने तथा तापक्रम जाँच्ने मेसिन, विभिन्न लक्षणअनुसारका औषधि (मुख्य रूपमा पारासिटामोल, सेट्रिजिन र खोकी रोक्ने) साथमा राख्नुपर्छ ।
–संक्रमितले दैनिक मास्क फेर्नुपर्छ । आफूले प्रयोग गरेका सामान तथा फोहोर अन्य व्यक्तिसम्म नपुगोस् भन्नेमा होस पु¥याउनुपर्छ ।
–औषधि र मेसिन कुन बेला र कसरी प्रयोग गर्ने जानकारी राख्नुपर्छ । शरीरको तापक्रम तथा अक्सिजनको मात्रा ६–१२ घण्टामा जाँच गरिरहनु राम्रो हुन्छ ।
–घरमा सकेसम्म अरू परिवारको सम्पर्कमा नआई छुट्टै कोठामा बस्नुपर्छ ।
–संक्रमितले प्रयोग गरेका धारा, चर्पी, नुहाउने कोठा, प्रयोग गरिएका रुमाल, लुगा, बस्ने कोठा अरूलाई प्रयोग गर्न दिन हुँदैन ।
–संक्रमितलाई खाना, पानी दिँदा छुट्टै ठाउँमा ऊसँग सम्पर्क नहुने गरी राखिदिनुपर्छ ।
–आफूले प्रयोग गरेका भाँडाकुँडा संक्रमित आफैंले सफा गर्नुपर्छ, अरूलाई लगाउन हुँदैन ।
–परिवारका अन्य सबै सदस्यलाई मास्क तथा सेनिटाइजर प्रयोग गर्नुपर्छ ।
–संक्रमितसँग कुरा गर्दा सकेसम्म मोबाइल, वाइफाइको प्रयोग गर्नुपर्छ। सीधा कुरा गर्नुपरे २ मिटर टाढा बसेर दुवै जनाले अनिवार्य मास्क लगाउने।
चर्पी, नुहाउने कोठा छुट्टै छैन भने के गर्ने ?
–घर सानो छ र सबैले एउटै चर्पी, नुहाउने कोठा प्रयोग गर्नुपर्छ भने संक्रमित गएलगत्तै अन्य सदस्य जान हुँदैन ।
संक्रमितले दैनिक मास्क फेर्नुपर्छ । आफूले प्रयोग गरेका सामान तथा फोहोर अन्य व्यक्तिसम्म नपुगोस् भन्नेमा होस पु¥याउनुपर्छ ।
–चर्पी प्रयोग गरिसकेपछि प्रशस्त पानी हालेर कमोड, बेसिन तथा प्रयोग गरेका सामान पखाल्नुपर्छ ।
–चर्पी वा नुहाउने कोठा प्रयोग गरिसकेपछि संक्रमितले छोएका धारा, फ्लस, स्प्रे, ढोकाका चुकुललगायत सबै सामानमा सेनिटाइजरले स्प्रे गर्नुपर्छ ।
–संक्रमितले चर्पी जानुअगाडि मास्क तथा हातमा सेनिटाइजर प्रयोग गर्नुपर्छ ।
–संक्रमितले प्रयोग गरेको लुगा, तन्ना, सिरक अलग्गै धुने व्यवस्था गर्नुपर्छ ।
यसरी सावधानी अपनाउन सकियो भने घरमा रहेका कोरोना संक्रमितबाट परिवारका अन्य सदस्यलाई भाइरस सर्नबाट जोगाउन सकिन्छ । (नागरिक दैनिक अनलाइनबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts