|

ताप्लेजुङको फुङ्लिङमा थपिए ४ कोरोना संक्रमित,फुङ्लिङस्थित २ वटा बैंक सिल गर्ने तयारी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २५ । ताप्लेजुङमा ४ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ५ पुगेको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आग्रहमा जिल्ला अस्पतालले १६ जनाको कोरोना स्वाब संकलन गरी परीक्षणका लागि पठाएकोमा ५ जनाको रिर्पोट पोजेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले जानकारी दिनुभयो । अन्य ३ जनाको रिर्पोट आउन बाँकी रहेको छ । यसअघि फुङ्लिङस्थित प्रभु बैंकका व्यवस्थापकलाइ कोरोना संक्रमण भएको थियो । उहाँको पनि स्वाब संकलन गरी परीक्षण गर्न पठाइएकोमा उहाँको दोस्रो पटकको परीक्षण रिर्पोट पनि पोजेटिभ नै आएको हो । उहाँ अहिले स्वास्थ्य लाभ गरिरहनु भएको छ । उहाँ आफैंले कोरोना संक्रमण पुष्टी भएको भन्दै आफुसंग निकट रहेकालाइ सर्तक रहन आग्रह गर्नु भएको थियो । संक्रमित मध्ये सबैभन्दा बढी प्रभु बैंकमा कार्यरत रहेको पाइएकोले सो बैंकलाइ तिहार बिदापछि सम्म सिल गर्ने तयारी गरिएको प्रजिअ चापागाँइले जानकारी दिनुभयो । फुङ्लिङस्थित माछापुछ्रे बैंकमा कार्यरत कर्मचारीलाइ पनि कोरोना संक्रमण देखिएपछि सो बैंकलाइ पनि सिल गर्ने तयारी गरिएको छ । संक्रमित १ जना ह्युमन प्राटिक्स फउण्डेसनमा कार्यरत कर्मचारी समेत रहेका छन् । ह्युमन प्राटिक्स शिक्षा र स्वास्थ्यमा काम गर्ने अन्तराष्ट्रिय गैर सरकारी संस्था हो । कोरोना संक्रमित थपिए संगै प्रमुख जिल्ला अधिकारी चापागाँइले पूर्णतया सावधानी अपनाउन र व्यक्तिगत स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्वन गर्न ताप्लेजुङका नागरिकलाइ आग्रह गर्नु भएको छ । उहाँले कुनै समस्या देखिए तत्काल स्वास्थ्य संस्थाको सम्पर्कमा जान समेत अनुरोध गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts