| |

ओलीसंगै १२ बर्ष जेल बसेका बृद्धद्धारा नेकपा नेतृत्वलाइ चेतावनीः ‘पार्टी फुटाए अपराध लाग्छ’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २४ । प्रधानमन्त्री केपी ओलीसंगै १२ बर्ष जेल बस्नु भएका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङका पुराना कम्युनिष्ट कार्यकर्ता नारायण लुङ्खिम लिम्बूको मन सत्तारुढ दल भित्रको किचलोले कुँडिएको छ । पार्टी बिभाजनतर्फ उन्मुख भएको त होइन भनेर आशंका साँचिरहनु भएका उहाँले नेकपा बिभाजन भए अहिलेको नेतृत्वलाइ अपराध लाग्ने सोच्नु भएको छ । उहाँले सोचेको त्यहिँ बिषय नेकपाका स्थायी समिति सदस्य समेत रहनु भएका पर्यटन मन्त्री योगेशकुमार भट्टराइ समक्ष समेत पोख्नुभयो । ‘तपाइमार्फत केपी ओली र प्रचण्ड दुबैलाइ पार्टी बिभाजन भए त्यसको जिम्मा लिन र पुराना कम्युनिष्ट कार्यकर्ताको बहकिएको मन थाम्न तयार रहने खबर पुग्नु प¥यो’गाउँ दौडाहामा पुग्नु भएका मन्त्री भट्टराइलाइ नारायणले भन्नुभयो । उहाँले चुल्होका तीन चम्का जस्तै बनेर पार्टी दरिलो बनाउने प्रकृयातर्फ लाग्न केपी,प्रचण्ड र माधव नेपाललाइ आग्रह गर्नुभयो ।‘मेरो यो खबर जस्ताको तस्तै शीर्ष नेतृत्वलाइ पु¥याइदिनु प¥यो’मन्त्री भट्टराइसंग नारायणको थप आग्रह थियो । तत्कालिन जिल्ला पञ्चायत र जिल्ला विकास समितिमा क्षेत्रीय सदस्यको भूमिका निर्वाह गर्नु भएका नेकपाका पुराना नेता बलनाथ लुम्खिम लिवाङले त आफ्नो आस्थाको दल नेकपा भित्रको किचलो पार्टी बिभाजन सम्म पुगे शीर्ष नेता बिरुद्ध आफुहरु जस्तो सुकै परिस्थतिका अघि नझुक्ने बताउनुभयो । ‘यो पार्टी हामी जस्तै बृद्धहरुको अनुभव,त्याग र लगावबाट बनेको हो,उहाँले भन्नुभयो,अब पनि शक्ति र सत्ताका लागि नेतृत्व बीच झगडा जारी रहे हामीले पार्टी जोगाउन हातमा जे छ,त्यहिँ लिएर उठ्नुपर्ने अवस्था नआओस्’। पार्टी बिभाजनले कसैलाइ सत्ता र कसैलाइ शक्तिमा पु¥याएपनि इमान्दार कार्यकर्ता,देश र जनतालाइ भने पटक्कै भलाइ नगर्ने बलनाथको भनाइ थियो । उहाँले दुइ ठूला कम्युनिष्ट पार्टी एक भएर देशको समृद्धिका लागि केहि गर्लान् भनेर सोचेका आम नागरिकको सपनालाइ आन्तरिक झगडाले चकनाचुर नपार्न समेत शीर्ष नेतृत्वको ध्यानाकर्षण गरेका छन् । ७४ बर्षिय नारायण प्रधानमन्त्री ओलीसंगै १२ बर्ष सम्म एउटै जेलमा भएको स्मरण गर्नुहुन्छ । ओलीले बन्दी जीवनमा आफुहरुलाइ राजनीतिक सन्देश प्रवाह गर्दा झैं अहिले पार्टी एक ढिक्का बनाउन बिशेष योगदान दिनुपर्ने उनको भनाइ छ । अरु नेतालाइ साथ लगाएर र अरुले पनि साथ दिएर पार्टीलाइ बिभाजनको खतराबाट रोक्न उनले मन्त्री भट्टराइमार्फत जेल बस्दाका साथी ओलीलाइ खबर पठाउनुभयो । उहाँकै भनाइमा नारायण प्रधानमन्त्री ओलीका चेस पार्टनर थिए । पार्टी बिभाजनको जोखिम देखेका पुराना कम्युनिष्ट कार्यकताहरुको निरासिएको मनलाइ शान्त पार्दै पर्यटन मन्त्री भट्टराइले केन्द्रमा केहि असहज अवस्था भएपनि पार्टी बिभाजन नहुनेमा आश्वास्त पार्ने प्रयास गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीका बन्दी जीवनमा सहयात्री नारायण र अर्का पुराना कम्युनिष्ट नेता बलनाथको पार्टी प्रतिको मोहको सम्मान गर्दै बिभाजन र आन्तरिक झगडा अन्त्यका लागि प्राप्त भएका सुझाव जस्ताको तस्तै लगेर शीर्ष नेतृत्वलाइ सुनाउने बचन दिनुभयो । ९ मध्ये ६ वटा पालिकाका नागरिकहरुसंगको प्रत्यक्ष सम्बाद,विकास निर्माणको अवस्था र नागरिकको अपेक्षा तथा सुझाव ग्रहण गर्न भन्दै मन्त्री भट्टराइ शनिवारबाट ताप्लेजुङका बिभिन्न पालिका केन्द्रित हुनु भएको छ । उहाँले सोमवार मेरिङ्देन गाउँपालिकाको भ्रमण पूरा गर्नु भएको छ । यसअघि उहाँले फक्ताङलुङ र मिक्वाखोलाको भ्रमण पूरा गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts