३ बर्ष देखि फरार अभियुक्त पक्राउ पछि कारागार चलान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक २४ । जबरजस्ती करणी उद्योगमा अदालतबाट अढाइ बर्ष कैद सजाय तोकिएपनि फरार रहेका एक प्रतिवादी पक्राउ पछि कारागार चलान भएका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्रा बस्ने २६ बर्षिय अनिष शेर्पालाइ आफ्नै गाउँमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । पक्राउ परेका उनलाइ जिल्ला अदालतमा हाजिर गराउँदा ठेगिएको कैद सजाय भुक्तानका लागि कारागार चलानको आदेश भएको जिल्ला प्रहरी कार्यालयय ताप्लेजुङका प्रमुख(डिएसपी)महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । शेर्पाले २०७४ साल बैशाख २१ गते राति स्थानीय एक ४३ बर्षे महिलाको घरको ढोका फोडी घरभित्र प्रबेश गरी ति महिलालाइ जबरजस्ती करणी उद्योग गरेको जाहेरी प्रहरीमा परेको थियो । घटनाको ७ दिन पछि पक्राउ परेका उनलाइ अनुसन्धान पछि जेठ २२ गते अदालतमा हाजिर गराउँदा ३५ हजार रुपैंया धरौटी तारेखमा छुटी गएकोमा २०७४ साल फागुन १० गते अदालतले २ बर्ष ६ महिना कैद हुने फैसला गरेको थियो । तारेखमा छुटी गएका उनी त्यसपछि फरार रहेका थिए ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts