|

ताप्लेजुङमा १ जनामा कोरोना संक्रमण,अब रहेन शुन्य संक्रमित जिल्ला

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २१ । ताप्लेजुङमा शुक्रवार १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । शुन्य संक्रमण जिल्ला रहेको ताप्लेजुङ फेरी संक्रमित जिल्ला बनेको छ । दशैं मनाउन झापा गएर फर्किएका फुङ्लिङस्थित प्रभु बैंकका एकजना कर्मचारी कोरोना संक्रमित हुनु भएको हो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले झापा पुग्दा संक्रमित एक बैंक कर्मचारीसंग बढी घुलमिल गरेका कारण शंका लागि परीक्षण गर्दा फुङ्लिङस्थित प्रभु बैंकका एकजना कर्मचारीमा संक्रमण पुष्टी भएको जानकारी दिनुभयो । बैंकका ति कर्मचारीले आफैंले सामाजिक सञ्जालमार्फत आफुलाइ कोरोना संक्रमण पुष्टी भएको भन्दै आफुसंग निकट सम्पर्कमा रहेकाहरुलाइ सावधानी अपनाउन आग्रह गर्नु भएको छ । शंकास्पद उहाँ आफैंले होम आइसोलेसनमा रहेको केहि समय पछि स्वाब दिनु भएको थियो । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आग्रहमा ताप्लेजुङ जिल्ला अस्पतालले उहाँ सहित ५ जनाको स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाएकोमा बैंकका ति कर्मचारीको स्वाब परीक्षण रिर्पोट पोजेटिभ आएको हो । प्रमुख जिल्ला अधिकारी चापागाँइले शंका लागेदेखि नै होम आइसोलेसनमा रहेका व्यक्तिमै कोरोना देखिएकोले बैंक सिल गर्ने वा नगर्न भन्ने बारेमा कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिमा अनौपचारिक छलफल गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts