२४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ४३० जना कोरोनामुक्त

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक २० । पछिल्लो २४ घण्टामा बिहीबार थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८५ हजार ९७४ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ३ हजार ४३० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ४८ हजार ४०८ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १५ लाख ७ हजार १९० परीक्षणहरु भएका छन् । २४ घण्टामा जम्मा १३ हजार ६८ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २३२ जना रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts