जीत नजिक बाइडेन, भन्छन् ः सत्ता जनताले सुम्पने कुरा हो

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी),कात्तिक २० । अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडनले आफु सबै अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन् । जितको नजिक पुगेका उनले आफुलाई भोट दिनेको मात्र नभएर सबैको राष्ट्रपति हुने बताएका हुन् । र जोले आफ्नो जितको घोषणा भने गरेनन्। वर्तामान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो चुनावी प्रतिस्पर्धामा छन् । सबै भोट गणना हुँदा आफ्नो जित हुने उनले विश्वास व्यक्त गरे । मिसिगनको नतिजा बाइडनको पक्षमा आएपछि उनी जितको करिब पुगेका छन् । समाचार एजेन्सी एपीले मसिगनमा बाइडनको जित भएको बताएको छ। बाइडनलाई जितका लागि २७० इलेक्टोरल भोट आवश्यक छ र मिसिगन पछि यो लक्ष्य नजिक भएको छ । बाइडनले डोनाल्ड ट्रम्पको नाम नलिएरै उनीप्रति निशाना साँधे । उनले भने, ’सत्ता सकैले हत्याउन सक्दैन । सत्ता जनताले सुम्पिने कुरा हो।’ बाइडनले आफ्नो मन्तव्यमा एकताको कुरा उठाएका छन् । (नागरिकबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts