टर्कीमा ७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा ४ जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

इस्तानबुल,कात्तिक १५ । टर्कीमा ७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । करिब १ सय २० जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ । अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का ग्रिसको एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो । भूकम्पको धक्का बुल्गेरियामा पनि महसुस गरिएको छ । भूकम्पका कारण सुनामी पनि आइसकेको टर्कीका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९९९ मा टर्कीको उत्तरपश्चिमी भूभागमा ७.४ म्याग्नेच्युडको भूकम्प जाँदा १७ हजार मानिसको मृत्यु भएको थियो । यस्तै सन् २०११ मा भानको दक्षिणपूर्वी क्षेत्रमा भूकम्प जाँदा ६ सय भन्दा बढीको मृत्यु भएको थियो । ग्रिसमा भने पछिल्लो समय सन् २०१७ को जुलाईमा सामोस नजिक कोस द्वीपमा शक्तिशाली भूकम्प जाँदा २ जनाको मृत्यु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts