|

‘बिप्लव’ले नेतृत्व गरेको पार्टीका ताप्लेजुङ सेक्रेटरी सत्तारुढ दल नेकपा प्रबेश

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २९ । नेत्रबिक्रम चन्द(बिप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका ताप्लेजुङ जिल्ला सेक्रेटरी किशोर मेन्याङ्वो लिम्बू सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रबेश गर्नु भएको छ । बिहीबार अपरान्ह कारागारबाट रिहा हुनु भएका उहाँले रिहा भए लगत्तै एक बिज्ञप्ती प्रकाशित गरी आफु सत्तारुढ दल नेकपा प्रबेश गरेको जनाउनु भएको छ । उहाँले जारी गरेको बिज्ञप्तीमा नेत्रबिक्रम चन्द(बिप्लव)ले नेतृत्व गरेको पार्टीले लिएको नीति तथा कार्यक्रमले नेपाल र नेपालीको समृद्धि नभइ मुलुक द्धन्दमा फस्ने ठहर गर्दै सो पार्टी परित्याग गरेको उल्लेख छ । बिज्ञप्तीमा उहाँले नेत्रबिक्रम चन्द(बिप्लव)ले नेतृत्व गरेको पार्टीको नीति तथा कार्यक्रमबाट नेपाली जनताको क्रान्ति प्रतिको बिश्वास दुस्साहसमा फस्ने भएकोले सो पार्टीमा आफु नरहेको घोषणा गर्नु भएको छ ।

मेन्याङ्वोद्धारा जारी बिज्ञप्ती

उहाँलाइ पार्टी प्रबेश गराउँदै नेकपाका केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वोले सुखी नेपाली र समृद्ध नेपालका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नै अहिलेको बलियो शक्ति भएको बताउनुभयो । पार्टी प्रबेश कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष बिजयप्रकाश वनेम,सचिव तथा प्रदेश सांसद बलबहादुर साम्सोहाङ,प्रदेश कमिटी सदस्य खेलप्रसाद बुढाक्षेत्री र मिङ्माडण्डु शेर्पा,कार्यालय सदस्य मातृकाप्रसाद भट्टराइ र सन्तोष खतिवडा लगायतको उपस्थिति रहको थियो । करिव महिना दिन अघि फक्ताङ्लुङ गाउँपालिकाको छिरुवाबाट पक्राउ पर्नु भएका उहाँ पक्राउ परेको भोलिपल्टै कारागार चलान हुनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts