|

३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ३५६४ जना संक्रमणमुक्त

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज २९ । पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभि(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १६९२, भक्तपुरका १३४ र ललितपुरका १०८ जना छन् । यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts