ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाइ पनि कोरोना संक्रमण,प्रशासन कार्यालय ७ दिनलाइ सिल

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २९ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइलाइ पनि कोरोना संक्रमण पुष्टी भएको पछि ताप्लेजुङ प्रशासन कार्यालय ७ दिनलाइ सिल गरिएको छ । ७ दिनलाइ कार्यालयको कामकाज ठप्प गरी प्रजिअ चापागाँइको नजिकको सम्पर्कमा रहेकाहरुको पीसीआर परीक्षण गर्ने योजना बनाइएको छ । प्रशासन कार्यालयका नायब सुब्बा रमेशप्रसाद सिग्देलले ७ दिन प्रशासन कार्यालयको कामकाज ठप्प हुने निर्णय भएको जानकारी दिए । ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटनमन्त्री योगेशकुमार भट्टराइसंगै एउटै हेलिकोप्टरमा सवार चापागाँइलाइ समेत संक्रमण पुष्टी भएको हो । मन्त्री भट्टराइ आफैं संक्रमित भएर अहिले स्वास्थ्य लाभ गरिरहनु भएको छ । बिओपी उद्घाटनको कार्यक्रम सकेर फर्किएको भोलिपल्ट देखिएको हल्का ज्वरोका आधारमा प्रजिअ चापागाँईको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको थियो । स्वाब संकलन पछि प्रजिअ चापागाँइ प्रशासन कार्यालयकै आवास कक्षको क्वारेन्टिनमा थिए । उहाँले आफ्नो स्वाब परीक्षणको रिर्पोट पोजेटिभ आएकोले थप सतर्कताका साथ आइसोलेसनमा रहने बताउनुभयो । उहाँका अनुसार अहिले उनमा ज्वरो सहितका कोरोनासंग मिल्लोजुल्दो केहि लक्षणहरु छैनन् । यसअघि मोरङको उर्लावारी इलाका प्रशासनबाट यहाँको प्रजिअ बनेर आउनु भएका चापागाँइको यहाँ आए लगत्तै गरिएको कोरोना परीक्षण रिर्पोट भने नेगेटिभ आएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts